दफा ३६
कार्य संचालन विधि बनाई लागू गर्न सक्ने
संयुक्त आवास भवनको संचालन तथा व्यवस्थापनको लागि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको प्रतिकूल नहुने गरी देहायका विषयहरुमा संस्थापक वा समितिले कार्य संचालन विधि बनाई लागू गर्न सक्नेछ ः–
(क) संयुक्त आवास भवनको संरक्षण, मर्मत, स्याहार सम्भार गर्ने कुरा ।
(ख) आवास इकाई प्रयोग गर्दा आवास इकाई धनीहरुले पालन गर्नु पर्ने कुरा ।
(ग) संयुक्त आवास भवनमा काम गर्ने कर्मचारीहरुको सेवा, शर्त र सुविधा सम्बन्धमा ।
(घ) संयुक्त आवास भवन संचालन गर्न आवश्यक अन्य कुराहरु सम्बन्धमा ।